Logo

पीएम कप महिला क्रिकेट: लुम्बिनीले दोस्रो जित निकाल्दा कर्णालीको लगातार चौथो हार



काठमाडौं,९ पुस । सरस्वती जीएमले ५३ रनको अर्धशतकीय पारीको मद्दतमा प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा कर्णाली प्रदेशलाई हराउँदै लुम्बिनीले दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३३ रन जोडेको थियो । लुम्बिनीका लागि अविजित ५३ रनको पारी खेलेकी सरस्वतीले ६२ बलमा ७ चौका हिर्काइन् ।

त्यस्तै आसमा पुलामी मगरले २५ रन थप्दा चमेली चौधरीले १८ रन थपिन् । लुम्बिनीले अतिरिक्तरुपमा २५ रन पायो । बलिङतर्फ यमुना थारु, रश्मी खड्का र त्रिसना विकले समान १ विकेट लिईन् । १३४ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०३ रनमात्र जोडेपछि लुम्बिनीले ३० रनको जित हात पारेको हो ।

समूहचरणको चौथो खेल खेलिरहेको लुम्बिनीले दोस्रो जित निकालेको छ भने कर्णाली लगातार चौथो खेलमा पनि पराजित हुँदै प्लेअप पुग्ने सम्भावनाबाट टाडिएको छ भने लुम्बिनीले अंकगणीतियरुपमा सम्भावना जिवितै राखेको छ ।



प्रतिक्रिया दिनुहोस्