Logo

मेलवर्नको एक्सचेन्ज टावरमा प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नयाँ शाखा सञ्चालनमा आयो



काठमाडौं, ११ बैशाख । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले अष्ट्रेलियाको मेलवर्नमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । यो सर्भिसेसको पाँचौं शाखा हो । यसअघि नेपालमा पनि यसको शाखा सञ्चालनमा आईसकेको छ । नेपालमा भने काठमाडौंको व्यवसायिक केन्द्र सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय छ ।

अष्ट्रेलियाको मेलवर्नमा सर्भिसेसको पाँचौं शाखा सञ्चालनमा ल्याउन सफल भएकोमा यसका सिईओ तथा डिरेक्टर निशान्त शर्माले भने खुशी व्यक्त गरेका छन् । उनकाअनुसार आफूहरुले प्राप्त गरेको तथ्यांकअनुसार मेलवर्नमा प्रति महिना ८ हजार जनाले आफूहरुको सेवा लिनको लागि इच्छुक रहेका छन् । त्यही भएर आफूहरुले मेलर्वनमा सेवाग्राहीहरुका सबैखाले समस्याको समाधान र सेवा प्रदान गर्न यो शाखा सञ्चालनमा ल्याएको उनको भनाई छ । पाँचौ शाखा मेलवर्नको प्रतिष्ठित व्यवसायिक मल एक्सचेन्ज टावरमा छ, जुन चाहीँ शैक्षिक हवको रुपमा प्रसिद्ध छ ।

आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ। सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।

प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्बल भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् । उनले थपे–‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौं ।’ शाखा विस्तारले पनि कम्पनीको प्रोफाइलमा नयाँ उचाईं थपिएको शर्माको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्