Logo

पोखरामा रातारात ठड्याइयो पूर्वराजा वीरेन्द्रको शालिक



काठमाडौं,९ पुस । पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनः पोखरामा स्थापना गरिएको छ । हटाईएको १७ वर्षपछि आइतबार राती पुनः पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० वीरेन्द्रचोकमा शालिक स्थापना गरिएको हो ।

सोहि ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो ।

२०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरेको स्रोतले जनाएको छ ।

करिब २५ लाख खर्चेर राजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्