Logo

तीन दलका शीर्ष नेताहरु आजपनि छलफलमा जुट्दै



काठमाडौं,९ पुस । संक्रमणकालीन न्याय सम्बन्धित विधेयकलाई टुंगोमा पुर्याउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु आजपनि छलफलमा जुट्ने भएका छन् ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा छलफल हुन लागेको हो । तीन दलका शीर्ष नेताहरुबीच आइतबार पनि छलफल भएको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

सो विधेयक संसदमा विचाराधिन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरुबीच सहमति नजुटेकाले संसदको बजेट अधिवेशनमा पेस भएको थिएन।

सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।



प्रतिक्रिया दिनुहोस्