Logo

निजगढकी शोभा राउत नेफ्स्कुनको सञ्चालकमा निर्वाचित



काठमाडौं, १० पुष । देशभरिका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले नयाँ कार्यसमिति पाएको छ । नेफ्स्कूनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। नेफ्स्कूनको यही पुष ७ र ८ गते सम्पन्न ३२औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा बाराको निजगढकी शोभा राउत सञ्चालक निर्वाचित भएकी छिन् । उनी मधेश प्रदेश भूगोलअन्तर्गत संचालक निर्वाचित भएकी हुन् ।

राउत एमालेनिकट प्यानलबाट प्रदेशतर्फ निर्वाचित भएकी हुन् । बाराको निजगढ–६ की राउत निजगढ महिला बचत सहकारी संस्थाकी अध्यक्ष हुन् । उनी विगत डेढ दशक भन्दा बढि समयदेखि सहकारी क्षेत्रमा सक्रिय छिन् ।

उनी २०६३ मा स्थापना भएको निजगढ महिला साकोसकी संस्थापक कोषाध्यक्ष हुन् । उनी २०७४ मा भएको निजगढ महिला साकोसको १० औं साधारण सभाबाट अध्यक्ष बनेकी हुन् । उनी बारा बचत तथा ऋण सहकारी संघ कोषाध्यक्ष समेत हुन् ।

उनी एमालेको भातृ संस्था अखिल नेपाल महिला संघ निजगढ नगर कमिटी अध्यक्ष समेत हुन् । सहकारी मुभमेन्ट, राजनीति तथा समाजसेवा र घरपरिवारलाई एकसाथ कुशलतापूर्वक हाँकेकी राउत अन्यन्तै सरल र मिलनसार स्वभावकी छिन् ।

आफूलाई सञ्चालक समितिमा लोकप्रीय मतदान गरेर निर्वाचित गराउने सम्पुर्ण सहकारीकर्मी मतदाता एवम निर्वाचित भएकोमा शुभकामना दिने सबैप्रति उनले धन्यवाद ज्ञापन गरेकी छिन् । उनले आफूलाई विश्वास गरेर दिईएको जिम्मेवारी कुशलताको साथ निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् । साथै, उनले आफूले सबैको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा राखेको पनि सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्