Logo

मुलुकमा विद्यमान बेथिति र विकृतिबारे सुरेन्द्र केसीको भण्डाफोर (भिडिओसहित)



काठमाडौं, १० पुष । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले मुलुकमा विद्यमान बेथिति र विकृतिबारे भण्डाफोर गरेका छन् । उनले जताततै बेथिति र राजनीतिमा पनि नातावाद र कृपावाद हाबी भएको टिप्पणी गरे ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा आयोजना गरेको सरकारका सफलता तथा असफलताबारेको समिक्षात्मक साक्षात्कारमा बोल्दै उनले विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहोस भनेर आफू सुरुदेखि नै लागिपरेको बताए । उनले भने,‘विश्वविद्यालयपनि चार वटा बनाऔं । १७ वटा बाट घटाऔं । दूतावास र नियोग पनि अहिले ४० वटा छन् । ती अत्यन्तै खर्चिलो छन् । ती पनि घटाएर २० मा ल्याऔं । संघीयता महँगो भयो भन्ने कुरा आएको छ । अहिले एक खर्ब ७१ अर्ब त तलबमात्रै जाँदो रहेछ।’

केसीले विभिन्न काण्ड र ती काण्डमा दलहरुको कसरी आवद्धता छ भन्नेबारे पनि प्रकाश पारेका थिए। उनले भने,‘अहिले विभिन्न काण्ड आएका छन् । तीमध्ये रक्तचन्दन, सुनमा माओवादी हुँदो रहेछ । मानव बेचविखन, साधारण ठेक्का पट्टामा कांग्रेस हुँदो रहेछ । गोकर्ण र ओम्नीको नाम आउँदा एमाले हुँदो रहेछ । एनसेलको बास्तविक खेल अब सुरु हुन्छ । यो देशमा गलत दिशाबाट काम हुँदो रहेछ भन्ने कुरा देखिँदैछ । अहिले एमसिसी कहाँ छ ? भित्रभित्र के हुन्छ ? तपाईँ/हामीलाई थाहै छैन् ।’ केसीले नेपालमा लोकतन्त्र ल्याईएपनि यसको असल आचरण नगरिएको टिप्पणी गरे । उनले भने,‘लोकतन्त्रलाई हामीले ल्याऔं मात्रै, आचरण र अभ्यास गरेनौं । यही नै हाम्रो दुर्भाग्य हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot