Logo

भारतलाई मात्रै होइन,बंगलादेश र चीनलाई पनि बिजुली बेच्छौँ: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई मात्रै नभएरबंगलादेश र चीनलाई पनि बिजुली बेच्ने उद्घोष गरेका छन् ।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

उनले भने ‘दोस्रोपटक प्रम हुनु अघिसम्म १८ घण्टा लोडसेडिङ हुनु स्वाभाविक मानिन्थ्यो, आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ। १ वर्षमा बिजुली बेचेर १५ अर्ब २७ करोड आर्जन गर्ने अवस्थामा पुगेको छ।’

उनले ५ वर्षमा यो अवस्था आउने कल्पना पनि नगरिएको दाबी गरे। भारतमा बिजुली बिक्री सुरु भइसकेको र चाँडै बंगलादेशमा समेत बिजुली बिक्री गरिने उनको भनाइ छ।

उनले भने,‘४० मेगावाटसम्म बिजुली निर्यात गर्न त्रिदेशीय सम्झौता हुँदै छ।’ चिलिमे केरुङ प्रसारणलाइन बन्दै गरेकाले पछि चीनमा पनि बिजुली निर्यात गर्ने उनले बताए।

देशले ५ खर्ब बराबरको बिजुली बेच्दा सम्पन्न बन्न सकिने सम्भावना रहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्