Logo

सत्ता भागवण्डामा मात्र सहकार्य नगर्न दलहरूलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव



काठमाडौं,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूलाई कार्यशैलीगत परिवर्तन गर्न प्रस्ताव गरेका छन् ।

मंगलबार सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ताको भागवण्डा र सहकार्यका लागि मात्र शीर्ष नेताहरूबीच सहमति हुने कुरा बदलेर देशलाई अघि बढाउन सामूहिक पहल गर्नुपर्ने बताए ।

उनले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न र देशलाई व्यावसायिक संस्थाहरूमार्फत अघि बढाउने विषयमा पनि सहकार्यका लागि शीर्ष नेताहरूलाई आह्वान गरे ।



प्रतिक्रिया दिनुहोस्