Logo

एनसेल प्रकरणमा प्रचण्डको जवाफ- शेयर बिक्रीको जानकारी पाएलगत्तै अध्ययन समिति बनाइयो



काठमाडौं,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्रीबारे आफूले जानकारी पाउनासाथ छानविनि समिति बनाएको बताएका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले यसबारे सरकार संवेदनशील भएको पनि बताए।

‘एनसेलको सेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानबिन तथा अध्ययन समितिमार्फत् राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने,‘समितिले छानबिन तथा अध्ययनको काम अघि बढाइरहेको कुरा यहाँहरूलाई अवगत नै छ।’

मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेचेको थियो। सेयर खरिद गरेको भन्दा कम मूल्यमा बिक्री गरेको भन्दै यसबारे विवाद भएको हो। विवाद पछि सरकारले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वमा छानविन समिति बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्