Logo

देशबासीलाई सम्बोधन गर्दै प्रचण्डले भने- हामीलाई असफल हुने छुट छैन,कसैलाई माफ गर्दिनँ (पूर्णपाठसहित)



काठमाडौं,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुलाई असफल हुन छुट नभएको बताएका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्न नसक्ने चेतावनी दिए ।

उनले भने,‘हामीलाई असफल हुन छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफी गर्ने अवस्था र मनस्थितिमा छैन । हामी आआफ्नो भूमिकामा न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यसम्पादन गर्न सकेनौं भने कसैले ठाउँ ओगटिराख्नु हुँदैन, छाडिदिनुपर्छ ।’

सम्बोधनको क्रममा उनले नयाँ र शानदार इतिहास लेख्नै बाँकी रहेको बताउँदै सबै मिलेर यसका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बाधनको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्