Logo

२६ जना प्रहरीलाई सात दिनभित्र मुख्यालयमा हाजिर हुन उर्दी



काठमाडौं, पुस ११ । नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कबिहीन प्रहरीलाई तत्काल प्रहरी प्रधान कार्यालयमा हाजिर हुन उर्दी जारी भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन उर्दी जारी गरेको हो। यसरी उर्दी जारी गरिएका पदहरूमा वरिष्ठ हवलदारदेखि प्रहरी जवानहरू छन्।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको, खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२)बमोजिम प्रक्रिया पुरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयमा सम्पर्कमा नआएकाले सूचना जारी गरेको जनाइएको छ।

‘कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१०को खण्ड (च)को कसुरमा नियमावलीको नियम १०९ को देहाय (ख) ९१० बमोजिम सेवाबाट हटाउने कारबाही हुनेछु, सूचनामा भनिएको छ।

यसलाई प्रहरी नियमावली २०७१ को अनुसूची १४को भाग ४ को प्रयोजनार्थ सफाइको मौका प्रदान गरिएको कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot