Logo

शिक्षककाे हत्याको आरोपमा भारतीय युवक पक्राउ



बारा, पुस ११ । बाराको एक निजी विद्यालयका प्रधानाध्यापकको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी सुकलहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेका प्रहरीले जनाएको छ । सिंहलाई विश्रामपुर गाउँपालिका–३ सीमा नजिकैबाट दुई राउन्ड गोली हानेर पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

सिंहको दुईवटै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भैरहेको छ । सिंहको साथबाट एक थान पेस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । गएको असोज १३ गते कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot