Logo

रोज राणालाई ऋषि धमलाको प्रश्न : तपाईं सभापति देउवालाई पैसा खुवाएर मन्त्री बन्नु भएको हो अरे नि ? (भिडिओसहित)



काठमाडौं, ११ पुष । लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग, यातायात तथा पर्यटनमन्त्री सरोज थापा (रोज राणा) ले आफू र आफ्नो परिवारलाई तत्कालिन जनयुद्धमा माओवादीले मार्ने धम्की दिएपछि जिल्ला छोडेर काठमाडौं आएपछि नाम नै परिवर्तन गर्नुपरेको स्पष्ट पारेका छन् । उनले आफू काठमाडौंमा आएर दिदीको घरमा आश्रय लिएर बसेको सुनाए ।

उनले भने,‘ज्ञानेन्द्रनरसिंह राणा भन्ने मेरो भिनाजु हुनुहुन्छ । हो, म दिदि भिनाजुको बस्दामा दिदीको भाई होईन, भिनाजुको भाइ भएर बसेको हुँ । माओवादीबाट बच्नको लागि म रोज राणा बनें । त्यो नामबाट सिनेमामा प्रवशे गरें, त्यही नामबाट म चर्चित भएँ ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले पार्टीमा पुर्याएको योगदानको कारण मन्त्री बनेको सुनाए ।

उनले पार्टी सभापति नै संस्था भएकोले सभापतिले गर्ने निर्णय नै अन्तिम र संस्थागत हुने सुनाए । उनले आफूले प्युठानमा चुनाव जित्दा कांग्रेसले सो जिल्लामा ३१ वर्षपछि चुनाव जितेको पनि सुनाए । आफू तरुण दलमा नै सक्रिय भएर कांग्रेसको राजनीतिमा रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्