Logo

पीएम कप महिला क्रिकेट: कोशीले दियो गण्डकीलाई १०४ रनको लक्ष्य



काठमाडौं,११ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा कोशी प्रदेशले गण्डकीलाई १०४ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०३ रन जोड्यो । कोशीका लागि ओपनर काजल श्रेष्ठले ६ तथा रुविना क्षेत्रीले ४ रन बनाएका थिए । त्यसपछि ब्याटिङमा आएका विमला मल्लाहले सर्वाधिक २५ तथा ललिता राजवंशीले २२ रन जोडिन् । संगिता राई २३ रनमा नटआउट रहिँन । कोशीले १७ रन अतिरिक्तमा पाएको थियो ।

बलिङतर्फ गण्डकीका कुसुम गोदार र श्रृष्टि जैसीले समान २ तथा रचना चौधरी र सुस्मा खतिवडाले समान १ विकेट लियन् ।



प्रतिक्रिया दिनुहोस्