Logo

पीएम कप क्रिकेट: एपीएफले दियो कर्णालीलाई १६१ रनको विशाल लक्ष्य, राजमती र ममताको ‘विस्फोटक ब्याटिङ’



काठमाडौं,११ पुस । ओपनरद्धय ममता चौधरी र राजमती ऐरीको विस्फोटक ब्याटिङको मद्दतमा राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा विभागीय टोली एपीएफले कर्णाली प्रदेशलाई १६१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १६० रन जोड्यो । एपीएफका लागि विस्फोटक ब्याटिङ गरेकी ओपनर राजमती ऐरीले ५५ बलमा ९ चौका र २ छक्का हिर्काउँदै ६७ रनको विशाल स्कोर बनाइन् । अर्की ओपनर ममता चौधरीले पनि समान ५५ बलकै सामना गर्दै ८ चौका हिर्काउँदै ६२ रन थपिन् ।

रोमा थापा १४ रनमा अविवित रहँदा मञ्जु बोगटी १ रनमा नटआउट रहिन । एपीएफले बनाएको यो स्कोर प्रधानमन्त्री कपको यो संस्करणको हालसम्मकै सबैभन्दा ठूलो स्कोर हो ।
एपीएफ यस संस्करणको एकमात्र अपराजित टिम हो भने कर्णाली पनि यो संस्करणको एकमात्र जितविहीन टिम हो ।



प्रतिक्रिया दिनुहोस्