Logo

पीएम कप क्रिकेट: चौथो स्थानको बागमतीले दियो पाँचौ स्थानको लुम्बिनीलाई ११० रनको लक्ष्य



काठमाडौं,११ पस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ११० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०९ रन जोडेको हो । उसका लागि हेलिसा गुरुङले ४६ रनको पारी खेलिन् । ४५ बल सामना गरेकी उनले ४ चौका र १ छक्कासमेत हिर्काइन् । त्यस्तै यसु पाण्डेले नटआउट रहँदै १२ रन थप्दा बागमतीले १५ रन अतिरिक्तमा पाएको थियो ।

बलिङतर्फ लुम्बिनीकी शर्मिला रोकाले तीन तथा मिनिक्षा राना, कृर्तिका मरासिनी, मधु डीसी र कमला जीएमले समान १ विकेट लिईन् ।

४ खेलमा समान २ मा जित र २ मा हार भोगेका दुबैटिम क्रमश चौथो र पाँचौ स्थानमा रहेका छन् । प्लेअफमा स्थान बनाउन दुबै टिमलाई आजको खेल जित्नैपर्ने दवाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस्