काठमाडौं,११ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक जारी छ । ललितपुरको कान्तिपुर गार्डेनमा बैठक बुधबारदेखि सुरू भएको हो । यो बैठक अझैदिन जारी रहनेछ ।
आजको बैठकमा सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भनाइ राखेका छन् । आफ्नो भनाइ राख्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी परित्याग गर्ने वरिष्ठ नेता मुकुन्द न्यौपाने र उपाध्यक्ष केदार न्यौपानेलाई पनि नेपालले सम्बोधनका क्रममा सम्झिएका छन्।
पार्टीमा सम्मानीत नेता खनालपछि तेस्रो वरीयतामा रहेका न्यौपानेसहितले केहि महिनाअघि पार्टी परित्याग गरी एमालेमै फर्किएका थिए ।
सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी छोड्नेलाई सम्झिँदै छाडेर जानेलाई सम्झेर अब बसिरहनुको अर्थ नरहेको बताए ।
‘मुकुन्द न्यौपाने जानु भयो, उपाध्यक्ष केदार न्यौपाने पनि पार्टी छाडेर जानु भयो। हामीले जिम्मेवारी त दिएकै थियौँ नि !’, उनले भने, ‘अब छाडेर जानेलाई सम्झिएर टाउको ठोक्न त भएन नि !’