काठमाडौं,११ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटअन्तर्गत सावित विजेता सुदूरपश्चिम प्रदेशले चौथो जित दर्ता गरेको छ ।
साविक विजेता सुदूरपश्चिमले चौथो जित निकाल्नेक्रममा मधेश प्रदेशलाई ५ विकेटले पाखा लगाएको हो । मधेशले दिएको ८३ रनको सामान्य लक्ष्य सुदूरले १९।५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सूदुरपश्चिमका लागि कविता जोशीले २६ तथा सम्झना कुमारी खड्काले २१ रन जोडिन् । रुवि पोदार १० र लक्ष्मी साउद ९ रनमा अविजित रहिन् ।
बलिङतर्फ मधेशकी साक्षी यादवर कविता गौतमले समान २ विकेट लिएपटि टिमलाई जिताउन भने सकेन् । सुदूरपश्चिले यो जितसँगै ५ खेलबाट ८ अंक जोड्दै तोस्रो स्थामनमा उक्लिएको छ भने मधेश सातौ स्थानमा यथावत रहेको छ ।