काठमाडौं, ११ पुष । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् व्यवसायिक घराना आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् । आज (बुधबार) सातौं बागलुङ महोत्सवको उद्घाटन कार्यक्रममा ढकाल राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका हुन् ।
राष्ट्रपति पौडेलले अध्यक्ष ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् । बागलुङमा जन्मेर निजी क्षेत्रको एकमात्र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको सफल नेतृत्व गरेको र विभिन्न क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएकोमा अध्यक्ष ढकाललाई सम्मान गरिएको हो ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक दूतसमेत रहेका उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा वीमालगायत दर्जनौं क्षेत्रमा लगानी छ ।