काठमाडौं, ११ पुष । विगत १६बर्ष देखि सौन्दर्यप्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको “पुरानो फेसियल हाउस” – “रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर” ले आफ्नो १६औं बार्षिकोत्सब यसपाली फरक ढंगले मनाएको छ ।
अन्तराष्ट्रियस्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नयाँ वर्ष-२०२३ तथा क्रिसमसको उपलक्ष्य पारेर रश्मिलाज फेसियल हाउसको १६ औ बार्षिकोत्सब काठमाडौँको गोंगबू टाउन प्लानिड० अबस्थित मानब सेवा आश्रममा आश्रित ५० जना बृद बृदाहरुलाइ भोजन गराएर तथा आफ्ना सिनियर पुराना सबै ६० जना स्टाफहरुलाई विशेष बिहानीको भोजसहित स्टाफको हातबाट संयुक्त केक काटाएर मनाएको छ।
बिगत १६ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौंथो तल्ला पसल नं- ४०१ , पहिलो तल्ला पसल नं -११६, बिजी मल,गोंगबू चौंथोतल्ला र बुद्धमल, बालाजु पहिलो तल्ला सहित चारवटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
देशको चरम राजनैतिक र आर्थिक मन्दीले गर्दा ब्यापार व्यवसायमा प्रतक्ष्य असर परिर रहेकोमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठका दिदी अमेरिका कनेक्टिकट ब्राण्डफ्रोर्ड राज्यबाट केहि दिन अगाडी माईती घरपरिवारमा सुखद क्षण साट्न आएकी स्व. ज्योती श्रेष्ठ करिब ९ दिन अगाडी हृदयघातबाट स्वर्गारोहण भएको कारणले गर्दा १६ औ बार्षिकोत्सवलाई फरक शैलीमा असाहय पीडित तथा अनाथ आश्रममा सहयोग गर्दै मनाईएको संरक्षक श्रेष्ठ बताउछन्।
उक्त अबसरमा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको बिस्वास माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै तेर्हौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा प्रकाश श्रेष्ठले उक्त अबसरमा बताए।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।
महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन्।