Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाण्डौं, पुस १२ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा रहेको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot