काठमाडौं, पुस १२ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ। बैठक बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुने छ। आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ।
यसअघि बुधवारको बैठकमा आज बिहान ११ बजेबाट सुरु हुने भनिएको बैठकमा पनि पार्टी महाधिवेशनका तयारीका लागि आवश्यक दस्तावेजहरु तयार पार्ने विषयमा छलफल भएको थियो।