Logo

कांग्रेसको मेलमिलाप दिवसमा क–कसलाई निम्ता ?



काठमाडौं, पुस १२ । नेपाली कांग्रेसले आगामी पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवस मनाउँदै छ । पार्टीले संस्थापक विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह,शैलजा आचार्य,खुमबहादुर खड्कालगायताका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनको सम्झानामा हरेक वर्ष पुस १६ गते यो दिवसको रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसले पुस १६ गते प्रज्ञा भवन कमलादीमा कार्यक्रम तय गरेको छ । कार्यक्रममा सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एस)का अध्यक्ष माधव नेपाल, जसपाका अध्यष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतलाई आमन्त्रण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्