काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय महिला क्रिकेटमा साविक विजता सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११८ रन जोड्यो । सुदूरका लागि बिन्दू रावलले ३३ तथा सम्झना खड्काले २७, कविता जोशीले २६ र रेवती धामीले नटआउट रहँदै २० रन थप्नि । सुदूरले १० रन अतिरिक्तरुपमा पाएको थियो ।
बलिङतर्फ कोशीकी सवनम राइ र अपुसरी बेगमले समान १ विकेट लिए । समान ८ अंकसहित प्लेअफमा स्थान बनाइसकेका कोशी र सुदूर क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।