Logo

एमाले सचिव अर्यालको आरोप : अहिलेको सरकार मस्तीमा छ (भिडिओसहित)



काठमाडौं, १२ पुष । नेकपा (एमाले) की सचिव पद्यमा अर्यालले अहिले मुलुक धेरै नै धराशयी भएको बताएकी छिन । उनले जनता अहिले ठूलो पीडामा हुँदापनि सरकार भने मस्तीमा रहेको आरोप लगाएकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो आरोप लगाएकी हुन् ।

उनले भनिन्–‘अहिलेको सरकार पूरा मस्तीमा छ ।’ उनले प्रतिपक्षी दल एमालेले त सरकारलाई जहिलेपनि झक्झकाएको स्पष्ट पारिन् । उनले गर्नसक्ने काम पनि गर्न नसकेको भन्दै सरकारको कामको आलोचना गरिन् । उनले अहिलेको सरकारले जनतालाई महँगी थोपरिदिएको पनि आरोप लगाईन् । उनले सरकार जनताको साथी बन्न नसकेको दाबी गरिन् ।



प्रतिक्रिया दिनुहोस्