Logo

पीएम कप क्रिकेट: मधेशको दोस्रो जित,चार खेल हारेको लुम्बिनीको प्लेअफ सम्भावना समाप्त



काठमाडौं,१२ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेटमा मधेश प्रदेशले दोस्रो जित निकालेको छ । आज भएको खेलमा मधेशले लुम्बिनीलाई ८ विकेटले पाखा लगाएको हो ।

लुम्बिनीले दिएको ९८ रनको लक्ष्य मधेशले खेलको ७ बल बाँकी रहँदा पूरा गर्यो । मधेशका लागि पूजा महताले ६० रनको अर्धशतकीय पारी खेलिन् । ५९ बत्रलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन । त्यस्तै अनुराधा चौधरीले १७ रन थप्दा सरस्वतीकुमारीले १२ रन जोड्नि ।

बलिङतर्फ लुम्बिनीकी सुस्मिता भुसाल र कमला जीएमले समान १ विकेट लिईन् । आजको हारसँगै लुम्बिनीको अर्को चरणमा पुग्ने सम्भावना सकिएको छ । मधेश भने यसअघिनै प्रतियोगीताबाट बाहिरिसकेको छ ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले अविजिति ६४ रन बनाएकी थिइन् । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ६४ बलमा दुई छक्का र आठ चौका प्रहार गरिन् । कप्तान सरस्वती जीएमले १० रन जोडिन् । मधेश प्रदेशका बलर साक्षी यादवले दुई तथा पूजा महतो, आरती महतो र कविता गौतमले एक–एक विकेट लिए । पूजा महतो प्लेयर अफ दी म्याच घोषित भइन् ।

एपिएफ ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । कोशी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

बागमती ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । ८ टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् । क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनल खेल्ने अवसर पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्