Logo

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजपनि जारी



काठमाडौं,१२ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटको बैठक आज पनि जारी छ ।

ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी वैठकमा केन्द्रीय सदस्यहरुले प्रस्तावित विधान संशोधन मस्यौदामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा राखिरहेका छन् ।

बैठक हिजो पनि बसेको थियो । केन्द्रीय कमिटीको बैठकले आगामी राष्ट्रिय महाधिवेशन र विधान संशोधनबारेमा छलफल हुनेछ । हिजोको बैठकमा सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै आफ्नो धारणा राखेका थिए । एकीकृत समाजवादीले केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न ३ मिनेटको समय निर्धारण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्