Logo

उपरथी निर्मल थापा रथी बढुवाका लागि सिफारिस



काठमाडौं,१२ पुस । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रिक्त रहेको रथी पदका लागि बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिले आज एक सूचना जारी गर्दै उनीविरुद्ध सात दिने सूचना प्रकाशित गरेको हो । तत्कालीन रथी सीताराम खड्काले अनिर्वाय अवकास पाएपछि एक रथी पद रिक्त रहेको थियो ।

यसअघि सेनाले उपरथी अशोक सिग्देललाई पनि रथीमा बढुवा गरेको थियो । थापा रथीमा बढुवा भएमा सिग्देलसँगै भावी प्रधानसेनापतिको दावेदार हुनेछन् ।

हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौबाट अनिर्वाय अवकास पाउँदैछन् । त्यसपटि सिग्देल र थापामध्ये एक जनाले सेनाको कमाण्ड सम्हाल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot