Logo

अहिले सेयर बजार अपराधीको कब्जामा छ : सांसद यादव



काठमाडौं, १२ पुष । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीपकुमार यादवले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गम्भीर आर्थिक अपराध गरेको आरोप लगाएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद यादवले यस्तो आरोप लगाएका हुन् ।

यादवले धितोपत्र बोर्डका अध्यक्षले घाटामा जान लागेका र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको आरोप लगाए । यस्तै, अहिले सेयर बजार अपराधीको कब्जामा रहेको उनको भनाई थियो । उनले भने,“धितोपत्र बोर्डका अध्यक्षले अपराध गरेका छन् । उनले घाटामा जान लागेका र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot