Logo

आज तीन वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, पुस १३ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अहिले विहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ ।

साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा स्थलगत अध्ययन तथा अवलोकनबाट देखिएका विषय र मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै, त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot