Logo

सन्दीपको शानदार बलिङमा आर्मीलाई हराउँदै पर्सा नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश



काठमाडौं,१३ पुस । उपाधि दावेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मीलाई पन्छाउँदै पर्सा ११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नारायणी क्रिकेट ग्राउन्ड वीरगञ्जमा जीतको लागि १०० रनको सामान्य लक्ष्य पछ्याएको आर्मी १७ ओभरमा ६८ रनमा अलआउट भएपछि पर्साले ३१ रनको शानदार जित हात पारेको हो ।

आर्मीका लागि कुशल मल्लले सर्वाधिक १९ तथा वसिर अहमदले १० रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे ।

३.२ ओभर बलिङ गरेका सन्दीपले माज्ञ १३ रन खर्चिएर ३ विकेट चट्काएपछि आर्मीको पारी धरापमा पर्यो । त्यस्तै अनिलकुमार साह, समसद मन्सुरी र पवन सर्राफले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पर्सा ११ गते निर्धारित २० ओभरमा ९९ रन जोडको थियो । पर्साले अब आजै हुने अर्को सेमिफाइनको विजेताँग उपाधिका लागि भिड्नेछ । दोस्रो सेमिफाइनलमा आजै नेपाल पुलिस क्लब र नोइडा क्लबबीच खेल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot