Logo

सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो,गौशला २६ को तर्फबाट जवाफी बहस सकिएपछि फैसला आउने



काठमाडौं,१३ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दामा प्रतिवादीकबो तर्फबाट बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा चार दिनदेखि लगाताररुपमा जारी सुनुवाइमा आज प्रतिवादीका तर्फबाट बहस सकिएको हो ।

प्रतिवादीका तर्फबाट पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठसहित वरिष्ठ अधिवक्ताहरु शम्भु थापालगायतले बहस गरेका थिए । अब रिट जाहेरीकर्ता गौशला २६ को तर्फबाट जवाफी बहस भएपछि फैसला आउनेछ ।

 सन्दीपविरुद्ध गत वर्ष एक किशोरीले बलात्कारको मुद्दा दायर गरेकी थिइन् । मुद्दा दर्ता भएपछि पक्राउ परेका लामिछानेलाई सु्रुमा जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको थियो ।

तर, पछि जिल्लाको आदेश उच्च अदालत र सर्वोच्चले बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको थियो । गत वर्षकै फागुनमा सर्वोच्चले यो मुद्दालाई फास्टट्रयाकमा राखेर टुंग्याउन आदेश दिएपनि मुद्दा टुंगिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot