काठमाडौं,१३ पुस । सरकारले शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
शुक्रबार सरकराकी प्रवक्ता तथा सूचना, सञ्चार एवं प्रविधिमन्त्री रेखा शर्माले आजको घटना हुनु दुःखद भएको भन्दै विस्तृतमा जानकारी आइनसकेको बताईन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले भनिन् “जे घटना भयो, गलत भयो । दुस्खद भयो । त्यस्तो गर्नुहुँदैन,आफ्ना असन्तुष्टि,विषय, शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई हुन्छ ।”
कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित युवाले शुक्रबार बिहान बालकुमारी क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएका थिए ।
त्यसपछि आक्रोशित युवाले बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएपछि घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।