Logo

बालकुमारी घट्नालाई लिएर अनेरास्ववियु आन्दोलित, सरकारविरुद्ध नाराबाजी (फोटोफिचर)



काठमाडौं, १३ पुष । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ। अनेरास्ववियुले आज (अपरान्ह) आर. आर. क्याम्पसअगाडि सरकारको रवैया गलत भएको भन्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुले सरकारको आलोचनामा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

आज (शुक्रबार) दिउँसो ईपीस परीक्षाको विषयलाई लिएर भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि घटनामा दुई जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ती दुई युवाको निधन भएको भनिएको छ । गृहमन्त्रालयले भने बालकुमारी घट्नाबारे छानबिन गर्नको लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

तस्विर : अरुणजंग कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot