Logo

बालकुमारी घटनाबारे दयाहाङले भने- उद्वेलित र आक्रोशित नबनाऊ, सत्तापक्ष र प्रतिपक्ष दुवैले होस् पुर्‍याऊ !



काठमाडौं,१४ पुस । अभिनेता दयाहाङ राईले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनपछि घटनालाई थप उद्वेलित र आक्रोशित नबनाउन आग्रह गरेका छन् । उनले उनले यसलाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन् ।

राईले सामाजिक सञ्जालमा लेखेका छन्,‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौँ, युवाहरूमा निरस र आक्रोश आउनु देखिनु तपाईं हामी नै जिम्मेवार हुनुपर्छ यो गाऊँ समाज अनि देशको समस्या हो र हाम्रो समस्या हो । अझ उद्वेलित र आक्रोशित नबनाऊ सत्तापक्ष र प्रतिपक्ष दुवैले होस् पुर्‍याऊ !! ’

इपीएस परीक्षाको बारेमा आन्दोलनरत रहेका प्रदर्शनकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालको गाडीमा आगजानी गरेका थिए । आन्दोलन चर्किदैँजाँदा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot