Logo

बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरु)



काठमाडौं,१४ पुस । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ परेका छन् ।

शनिबार माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले हेमराज थापासहितका ७ युवालाई नियन्त्रणमा लिएको हो ।

बालकुमारीमका शुक्रबार आन्दोलनकारीले यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीले गोली चलाउँदा २ जनाले ज्यान गुमाएका थिए ।

तस्बिरहरु- मुकुन्द कालिकोटे- रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot