Logo

प्रचण्डलाई रास्वपा सांसद कार्कीको प्रश्न : १७०००+२भयो त ? अझै कति ?



काठमाडौं, १४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद तोषिमा कार्कीले बालकुमारी घट्नाको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेकी छिन् ।

कार्की हिजो शनिबार भएको उक्त घट्नाको विरोधमा युवाहरुसँगै प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएकी छिन् । उनले बोकेको प्लेकार्डमा लेखिएको छ–‘प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’ कतिपयले भने गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्