काठमाडौं, १४ पुष । चर्चित युवा लोक दोहोरी गायक बद्रि सापकोटाको ‘अत्ति भयो अत्ति’ बोलको नयाँ गीतको भिडिओ सार्वजनिक भएको छ । सापकोटाको स्वर तथा संगीत रहेको उक्त गीत भने सापकोटा र ध्रुव न्यौपानेको संयुक्त रचना हो । गीतको एरेञ्ज भने महेन्द्र भण्डारीले गरेका हुन् । यस्तै, मिक्स÷मास्टर खडग बाजुराली हुन भने गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको भिडिओ भने सुजन श्रेष्ठले खिचेका हुन् भने सम्पादन बीरबहादुर थारुले गरेका हुन् । उक्त गीतको भिडिओको निर्देशन भने कृष्ण लामिछानेले गरेका हुन् । उक्त गीतको भिडिओ भने आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । क्लबका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, अधिवक्ता स्वागत नेपाल र चर्चित गायक बद्रि पंगेनीले संयुक्त रुपमा उक्त भिडिओको सार्वजनिक गरेका हुन् ।
सो क्रममा क्लबका सभापति ऋषि धमलाले भ्रष्टाचार अन्त्यको लागि अब सबैले आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन् । धमलाले गीत तथा संगितको माध्यमबाट देशमा भएका सबैखाले बेथिति तथा विसंगतिको बारेमा कलाकारले राम्रो भूमिका निर्वाह गरेको सुनाए ।
उनले गायक बद्री पंगेनीको पनि प्रशंसा गरे । उनले भने,‘बद्रि पंगेनी जनगायक हो । उहाँले जनताको गीत गाउनुहुन्छ । हरेक क्षेत्रबाट भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरौं । हरेक क्षेत्रमा राम्रा मान्छे छन् । राजनीतिमा पनि सबै मान्छे खराब छन् भनेर म भन्दिनँ । आजको कार्यक्रमका आकर्षण युवा गायक तथा सर्जक बद्रि सापकोटाजीको यो अभियानलाई साथ दिनुपर्छ । म पनि सहयोग गर्छ । यो गीतलाई प्रवद्र्धन गर्छु । गीतको पूर्ण सफलताको लागि यही मञ्चबाट शुभकामना दिन्छु । सबैखाले खराबको विरुद्धमा अब सबै युवा एकजुट भएर लागौं । आलोचना, आरोप, गाली गरेरमात्रै देश बन्दैन् । राम्रो काम गर्नेलाई प्रशंसा गरौं । जनता सर्वोपरि हुन् ।’
पत्रकार धमलाले हिजो (शुक्रबार) ललितपुरको बालकुमारीमा भएको घट्नामा राज्यको दोष रहेको दाबी गरे । उनले भने,‘हिजो दुई जना युवाको निधन भयो, त्यसमा राज्यको कमजोरी छ । देशमा रोजगारी भएको भए आज यसरी युवाहरु विदेश जान लाईनमा बस्नुपर्दथ्यो ।’
यस्तै, गायक बद्रि पंगेनीले सापकोटाको उक्त गीत एकदमै राम्रो बनेको भन्दै दर्शक तथा श्रोताले रुचाउने विश्वास दिलाए । उनले गायक बद्रि सापकोटालाई नेपाली संगितमा छलाङ मारेको युवा कलाकारको रूपमा चित्रण गरे । उनले भने,‘अहिले देशको जुन परिस्थिति छ, बद्रिजीले गीतको माध्यमबाट जनतामा पुर्याउने काम गर्नुभएको छ । विशेष धन्यवाद ।’
उनले यो गीत अरुलेभन्दा पनि देशको शासन–व्यवस्था हातमा लिएर बसेकाहरुले सुन्नुपर्ने धारणा राखे । उनले भने,‘अरुले त सुनिहाल्नुहुन्छ, नसुन्ने शासकहरु, विभिन्न दलका नेताहरु, सरकार चलाएकाहरु, प्रधानमन्त्रीदेखि र मन्त्रीहरुको ध्यानाकार्षण गर्न यो गीतले महत्वपूाण भूमिका खेल्छ । देश हामीले बनाउनुपर्छ । गलतलाई गलत भन्नुपर्छ । तर, देशको अवस्थामा हेर्दा राम्रो भन्ने अब साहै« विषय छन्जस्तो लाग्दैन् ।’ सो क्रममा उनले आफूलाई राजनीतिमा जाने कुनै चाहना नभएकोपनि स्पष्ट पारे । आफूले गीत तथा संगितकै क्षेत्रबाट देशको लागि योगदान पुर्याउने उनको विश्वास थियो ।
कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले उक्त गीतको सफलताको लागि शुभकामना दिए । उनले भने,‘यो गीत बद्रि सापकोटा भाईलगायत तीन जनाको सामूहिक प्रयासमा आएको उपहार हो ।’ उनले नेपाल जन्मजात भ्रष्ट देश हो भन्ने आफ्नो बुझाई रहेको टिप्पणी गरे ।
उनले भने,‘यो देश करप्ट देश हो । धर्मदेखि नै भ्रष्ट आचरण गर्छौं । लोकसेवा पास हुन गणेश मन्दिरमा एक हजार लड्डु चढाउँछौं । २ सय जनाले अहिले ४५ खर्बको भ्रष्टाचा गरेका छन् । अब भ्रष्टाचारलाई मुल मुद्दा बनाउनुपर्छ । यसको विरुद्ध लड्नको लागि संगीत प्रमुख माध्यम हो । सुमाजलाई भ्रष्टाचारको दलदलबाट मुक्त बनाउनुपर्छ । सबैले लोकतान्त्रिक आचरण अनुशरण गर्नुपर्छ ।’
यस्तै, अधिवक्ता स्वागत नेपालले गीतका शब्दबाट प्रभावित भएको भन्दै सरकारमा रहेकाहरुले ध्यान दिनुपर्नेमा जोड दिए । उनले सापकोटाको नयाँ गीतले नेपाली संगित क्षेत्रमा नयाँ गोरेटो पनि कोरेको सुनाए । गायक तथा रचनाकार सापकोटाले भने गीतलाई हेरेर माया गरिदिन आग्रह गरेका छन् ।