Logo

बालकुमारी घटनाबारे सिके राउतले भने- यो भ्रष्ट राज्यले रोजगारी त दिएन,उल्टै छातीमा गोली ठोक्यो



काठमाडौं,१४ पुस । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बालकुमारीमा शुक्रबार भएको प्रहरी दमनप्रति निन्दा व्यक्र गरेका छन् ।

शनिबार दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहलाई श्रद्धाञ्जलि दिन अस्पताल पुगेका राउतले घटनाको विरोध गर्दै यो भ्रष्ट सरकारले रोजगारी नदिई उल्टै छातीमा गोली ठोकेको बताएका हुन् ।

अस्पताल पुगेपछि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, ‘अङ्गप्रत्यङ्ग बिकेको यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन, रोजगारी दिएन । बाआमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा वसुल गर्न अवरोध खडा गर्‍यो र छातीमा गोली ठोकिदियो ।’

उनले शुक्रबार मारिएका युवाहरू कुनै पार्टीका वा कुनै समूहका नभएको भन्दै नेताहरूको लुटतन्त्रसँग पनि दुस्मनी नभएको बताएका छन् । उनले लेखेका छन्, ‘आँखा खोल हो सरकार । यी युवाहरू कुनै पार्टीका, कुनै समूहका थिएनन्, कतैबाट परिचालित थिएनन्, तिमीहरूको मोजमस्ती र लुटतन्त्रसँग पनि दुस्मनी थिएन । उनीहरू त फगत आफ्नो पारिवारिक जिम्मेवारी निर्वाह गर्न, आफ्नो पेट पाल्न, परदेश जान चाहन्थे ।’

शुक्रबार ईपीएस विवादमा प्रहरीको दमनबाट दुई जनाको युवाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्