Logo

काठमाडौंमा यसरी मनाईयो तमु ल्होसार, प्रधानमन्त्री प्रचण्ड गुरुङ भेषमा सजिए (फोटोफिचर)



काठमाडौं, १५ पुष । गुरुङ समुदायले आज तमु ल्होसार धुमधामले मनाएका छन् । आज गुरुङ समूदायको नयाँ वर्ष हो । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाएका छन् । काठमाडौं बसोबास गर्ने विभिन्न जिल्लाका गुरुङ समुदायका बालबालिका महिला पुरुषहरु बसन्तपुरमा भेला भएर बसन्तपुरबाट र्‍याली निकालेर टुँडिखेलतर्फ प्रस्थान गरेका छन् । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि र सहरी विकासमन्त्री सिता गुरुङ विशेष अतिथि छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्