Logo

मन्त्री ज्वालाको गम्भीर लापरबाहीले बालकुमारी घटना निम्तियो: गगन थापा



काठमाडौं,१६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यायायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीले बालकुमारी घटना निम्तिएको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अनाहकमा रोजगारी खोज्ने युवा मारिएको भन्दै उनले यसैसँग जोडिएको अर्को दुर्घटना नहुन सरकारलाई सचेत गराएका छन्।

उनले भने, त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबर्जस्ती हो । चरम लापरबाही हो हेपेको हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना केटाहरूको ज्यान भन्ने लाग्छ । यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot