Logo

माईतीघरमा लगाइएको निषेधाज्ञा तत्काल हटाउन गगनको माग



काठमाडौं,१६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माईतीघर मण्डलामा लगाइएको निषेधाज्ञा तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले आफ्नो आवाज सरकारलाई सुनाउन माइतीघरमा भेलाहुनेहरु धमाधम पक्राउ हुन थालेको भन्दै उनले निषेधाज्ञा हटाउन माग गरेका हुन् ।

‘आज धोती जुलुस भयो। यो पोलिटिकल स्टेटमेन्ट हो नि। त्यहाँ मान्छेहरूले केहीले टोपी दिवस मनाउछौं भनेर आउनुभयो। यो राइट सबैसँग छ। माइतीघरमा आएर उहाँले देखाउनु खोज्नु भयो कि यहाँ माइतीघरले सरकारलाई सुन्छ। हाम्रो ठाउँ हो नि त। हिजो हामी सबैले त्यसै गरेको हो नि त। तर अहिले माइतीघरलाई निषेधित गरेपछि बल प्रयोग गर्नुपरेको छ। हाम्रो कुरा सांसदले सुन्छन्, सरकारले सुन्छ भनेर बालकुमारीतिर नगाएर माइतीघरमा मण्डलमा शान्तिपूर्ण ढंगले धर्नामा बस्ने वातावरण बन्थ्यो। हाम्रो डेमोक्रेसीमा यसलाई निश्चित ठाउँ बनाएको हो। जहाँ मान्छे आएर आफ्नो कुरा राख्छ। सरकारले, सांसदले र राज्यले सुन्छ भनेर अनुभूति गराउन खोजेको हो । यसको कुनै औचित्य छैन। यसकारण यो निर्णय तत्काल पुनरविचार गर्नुहोस्,उनले भने,प्रदर्शन गर्न दिनुहोस्।’

आजमात्रै राष्ट्रिय धोती दिवस मनाउन माइतीघर मण्डलामा पुगेर जनतमा पार्टीका अध्यक्ष तथा सांसद सीके राउनसँगै सामान्य प्रशासनमन्त्री अनिता देवी साह, पूर्व मन्त्री अब्दुर खानसहितका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot