Logo

साविक विजेता सुदूरपश्चिमलाई पन्छाउँदै कोशी प्रदेश पीएम कप क्रिकेटको फाइनलमा प्रवेश



काठमाडौं,१६ पुस । साविक विजेता सुदूरपश्चमलाई ९ विकेटले पन्छाउँदै कोशी प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वालिफार्यस खेलमा साविक विजेता सुदूरपश्चिमले दिएको ८९ रनको सामान्य लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा मात्र १ विकेट गुमाएर ९२ रन जोड्यो । कोशीका लागि ओपनर रुविना क्षेत्री बेलवासेले २३ बलको सामना गर्दै ७ चौका र १ छक्का हिर्काउँदै ३७ रनको पारी खेलिन् । त्यस्तै अर्की ओपनर काजल श्रेष्ठ ३५ बलमा ८ चौकाको मद्दतमा ३८ रनमा नटआउट रहँदा अप्सरी बेगमले पनि अविजित रहँदै १२ रन थपिन् । बलिङतर्फ सुदूरकी लक्ष्मी साउदले १ विकेट लिएपनि त्यो जितका लागि प्रर्याप्त भएन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८८ रन जोडेको थियो । सुदूरको लागि सम्झना खड्काले २५, विन्दू रावलले १७ तथा कविता जोशीले १५ रन थपिन् । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कोशीकी संगिता राईले २ तथा सवनमा राई, निशा साह र एलिसा खडियाले समान १ विकेट लिए । कोशीले अब उपाधिका लागि विभागीय टिम एपीएफसँग भिड्नेछ ।



प्रतिक्रिया दिनुहोस्