Logo

बालकुमारी घटनाबारे मन्त्रीद्धय ज्वाला र भण्डारीको भूमिका छानबिन गर्न राज्य व्यवस्था समितिको निर्देशन



काठमाडौं,१६ पुस । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको भूमिका छानबिन गर्न निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्देशन दिएको सभापति रामहरी खतिवडाले जानकारी दिए ।

‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने’, सभापति रामहरि खतिवडाले समितिको निर्णय सुनाउँदै भने ।

पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका थिए । त्यही क्रममा शुक्रबार झडप भएको थियो ।

शुक्रबार इपीएस भाषा परीक्षाबारे बिबाद हुँदा आन्दोलनरत पक्षले भौतिक पूर्वाधारमन्त्री ज्वालाको गाडीमा आगजानी गरेको थियो भने प्रहरीले घटनालाई नियन्त्रणमा लिन गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको ज्यान गएको थियो । उक्त घटनाबारे अहिले सरकार र मन्त्रीको चौतर्फी आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot