Logo

प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटको उपाधिका लागि कोशी र एपीएफ भिड्ने,एउटै संस्करणमा तेस्रो भेट



काठमाडौं,१६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि साविक उपविजेता कोशी प्रदेश र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ भिड्ने भएका छन् ।

एपीएफ समूह चरणका सातै खेलमा अपराजित रहँदै शीर्ष स्थान हुँदै फाइनलमा पुग्दा साविक विजेता सुदूरपश्चिमलाई ९ विकेटले पाखा लगाउँदै साविक उपविजेता कोशी प्रदेशले एपीएफसँगको भेट पक्का गरेको हो ।

शीर्ष २ मा रहँदै पहिलो क्वालिफार्यसमा कोशलाई हराउँदै एपीएफ सीधै फाइनलमा पुग्दा कोशीले दोस्रो क्वालिफार्यसमा जित निकाल्दै फाइनलमा पुगेको हो । कोशी समाूह चरणका सातमध्ये ६ खेलमा जित निकाल्दा एपीएफसँग भने पराजित भएको थियो ।

सात प्रदेश र एक विभागीय टिम एपीएफगरी कूल ८ टिम सहभागी प्रतियोगितमा पहिलो पटक डबल राउण्ड रोविनका आधारमा खेलाईएको हो । जसमा एपीएफ र कोशीसँगै सुदूरपश्चिम र बागमती प्रदेश शीर्ष ४ मा रहँदै प्लेअफमा स्थान बनाएका थिए ।

८ टिम सहभागी प्रतियोगितमा कर्णाली प्रदेश सातै खेलमा पराजित हुँदै जितविहीन रहेको छ भने गण्डकीले एक खेल जित्दा मधेशले २ खेलमा जित र ५ खेलमा हार ब्यर्होरेको थियो । उपाधि खेल बिहीबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।यसअघि २०२० मा कोशीले एपिएफलाई हराउँदै उपाधि जितेको थियो । अन्य फाइनलमा कोशीले एपिएफलाई हराएको छैन ।



प्रतिक्रिया दिनुहोस्