Logo

बालकुमारी घटनाबारे ओलीले मागे सरकारको जवाफ



काठमाडौं,१६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालकुमारीमा भएको घटनाबारे सरकारको जवाफ माग गरेका छन् ।

सोमबार नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले बालकुमारी घटनाबारे सरकारको जवाफ मागेका हुन् ।

उनले भने, ‘मान्छे किन मारिनुपर्यो? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो? नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ? हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेर गोलीमात्रै चलाइएको होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’

शुक्रबार बालकुमारीमा आन्दोलनरत पक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी गरेका थिए । भिडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो ।



प्रतिक्रिया दिनुहोस्