Logo

खुल्ला प्रतिस्पर्धाबाट त्रिविमा उपकुलपति नियुक्त गर्न माग गर्दै नेविसंघको प्रदर्शन



काठमाडौं,१७ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

नेविसंघले मंगलबारकाठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पस अगाडिको सडकमा सडक बहससहितको प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा नेविसंघले त्रिविमा हुने गरेको भागबन्डाको राजनीति अन्त्य गर्न र मेरिटका आधारमा भिसी नियुक्त गर्न माग गरेको छ । यसअघि नेविसंघले प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र समेत बुझाइसकेको छ ।

कार्यक्रममा सहभागीहरूले ‘प्रतिस्पर्धाबाट उपकुलपति, बढ्छ विश्वविद्यालयको गति’, ‘अति भए खती हुन्छ,खती हुन नदिऔँ’, ‘अब त टियु सुधार गरौँ’ भन्ने लगायतका ब्यानर प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्