Logo

परराष्ट्र प्रवक्ताको जिम्मेवारी सहसचिव राईलाई



काठमाडौँ, १७ पुस । परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव अमृतबहादुर राईलाई दिइएको छ । राईले मंगलबार (आज) देखि परराष्ट्र प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । राई परराष्ट्रका वरिष्ठ सहसचिव हुन् ।

प्रवक्तासँगै राईलाई मन्त्रालयको संयुक्त राष्ट्रसंघ,अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । प्रवक्ता हुनुअघि उनी परराष्ट्रको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख थिए ।

राईसँग दक्षिण अफ्रिकाका निम्ति नेपाली राजदूत र अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा स्थायी प्रतिनिधि तथा राजदूतको जिम्मेवारी सम्हालेको अनुभव छ । राई सन् ११९६ बाट निजामती सेवामा प्रवेश गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्