Logo

बालकुमारी घटनाबारे माओवादी: गोली चलाइहाल्नुपर्ने अवस्था थिएन, जनता भड्काउन खोजियो



काठमाडौं,१७ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनालाई स्वभाविक मान्न नसकिने जनाएको छ ।

तीन महिनादेखि जारी माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समापन सन्दर्भमा पार्टी मूख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बालकुमारी घटनालाई देखाएर जनता भड्काउन खोजिएको आरोप लगाएका छन् ।

प्रवक्ता सापकोटाले प्रकृति जस्तासुकै भएपनि उक्त घटना नहुनेपर्नेमा भएको भन्दै दोषी उपर कारबाही हुनुपर्नेसमेत बताएका छन् । शुक्रबार बालकुमारीमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा २ जनाको ज्यान गएको थियो ।

‘जाँचबुझ आयोग बनेको छ। उक्त आयोगले नै विस्तृत विवरण ल्याउनेछ। बाललकुमारी घटना गम्भीर हो। प्रधानमन्त्री अहिले सुरक्षा निकायसँग छलफलमा हुनुहुन्छ। यस घटनालाई रूप र सारमा हेर्न जरुरी छ’, सापकोटाले भने, ‘यो घटनापछि जनतामा आक्रोश देखिनुलाई स्वाभाविक मान्न सकिन्छ। बालकुमारीमा गोली चलाइहाल्नुपर्ने अवस्था थिएन। तर यो घटनालाई हामीले स्वभाविक रुमा लिएका छैनौँ। यो घटना रहस्यपूर्ण छ। अहिले अनेक कारण र बहानामा जनता भड्काउन खोजिएको छ। हामीले बालकुमारी घटनालाई त्यसैगरी विश्लेषण गरेका छौँ ।



प्रतिक्रिया दिनुहोस्