Logo

चार वर्षदेखि आफ्नो फाईल अड्किएपछि वन मन्त्रालय पुगे दीपक खड्का, मन्त्री महतो खड्काको मागमा सकारात्मक



काठमाडौं, १७ पुष । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक खड्काले आफ्नो फाईल चार वर्षदेखि मन्त्रालयमा अड्काईएको भनेर वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग गुनासो पोखेका छन् ।

आज (मंगलबार) वन मन्त्रालयमा पुगेर उनले आफ्नो कामको फाईल अड्काएको भन्दै मन्त्री महतोसमक्ष आक्रोश पोखेका हुन् । उनले आवश्यक परे मन्त्रालयमा नै अनसन बस्ने चेतावनी दिएका छन् । खड्काले आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर वन मन्त्रालयले दुःख दिएको भन्ने गुनासो गरेका थिए ।

मन्त्री महतोले भने आफू काम गर्नको लागि मन्त्रालयमा आएको भन्दै हुने कामहरु रोकिन नहुनेमा सचेत रहेको बताए । तर, कर्मचारीतन्त्रबाट कतिपय कामहरु रोकिने गरेको उनको पनि गुनासो थियो । उनले आफू नियम तथा कानूनको परिधिभित्र रहेको सुनाउँदै कर्मचारीले साईन गरेपछि मात्रै आफूकहाँ फाईल आउने भन्दै यसमा आफ्नो कुनै दोष नरहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्